
स्वीट्जर्ल्यान्ड स्थित एक चिडियाघरमा एक पोथी साइबेरियन बाघले ५५ वर्षिय कर्मचारिलाई आगन्तुकहरुकै अगाडी मारिदिएको छ । बाघले आक्रमण गरेपछी उनको मद्दत गर्न कर्मचारीहरू दौडेर घटनास्थलमा पुगेका थिए।
कर्मचारीहरूले बाघलाई खोरबाट बाहिर निकाल्न सफल भए तर त्यती बेला सम्म ति महील कर्मचारीको निधन भईसकेको थियो ।
उक्त चिडियाघरले बाघ खोरमा नै रहेको बेला ती कर्मचारी कसरी त्यहाँ पुगिन् भन्नेबारे अनुसन्धान थालिएको बताएको छ।
चिडियाखानाले उक्त घटनालाई “अत्यन्तै दुःखद” भनेको छ । साथै बाघ जंगली जनावर हो र उक्त बाघले स्वाभाविक प्राकृतिक प्रवृती देखाएको भनेको छ ।
चिडियाखानाले विज्ञप्तिमा भनेको छ: “चिडियाखानाले बाघ एक जंगली जनावर हो मान्दछ । बाघको क्षेत्र भित्र यदी कोही प्रवेश गर्छ भने त्यस्को प्रतिकृया स्वरुप उसले आफ्नो स्वाभाविक प्राकृतिक प्रवृती देखाउँछ” ।