
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ ।
शनिबार मध्यरातिदेखि लागु हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो । यस्तै निगमले डिजेल र मट्टीतेलमा प्रतिलिटर १/१ रुपैयाँ घटाएको छ ।
इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट जुन १५ अर्थात (असार १५ गते) प्राप्त नयाँ खरिद मूल्यअनुसार निगमको सञ्चालक समितिको बैठकले इन्धनको मूल्य घटाएको विज्ञप्तिमार्फत जनाएको छ ।
निगमले हवाई इन्धन र खाना बनाउने ग्यासको मूल्य भने यथावत् राखेको छ ।
