८ बैशाख २०८२, सोमबार

अस्ट्रेलियाले स्कटल्याण्डलाई हराउँदा इङल्याण्ड सुपर आठमा

w

अस्ट्रेलियाले स्कटल्याण्डलाई पराजित गरेसँगै इङल्याण्ड जारी टी-२० विश्वकपको सुपर आठमा पुगेको छ ।

आइतबार सम्पन्न खेलमा अस्ट्रेलियाले स्कटल्याण्डलाई ५ विकेटलाई पराजित गरेको हो ।

स्कटल्याण्डले दिएको १८१ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले १९.४ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यस अघि स्कटल्याण्डले पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाउदै १८० रन बनाएको थियो ।

नामिबियाविरुद्ध इंग्ल्यान्डको जित

यता आईसीसी टी-२० विश्वकप २०२४ मा डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्डले नामिबियालाई पराजित गर्दै सुपर-८ मा पुगेको छ । शनिबार राति वर्षाले प्रभावित भएको खेलमा नामिबियालाई ४१ रनले पराजित गरेको हो । इंग्ल्यान्डलाई सुपर आठमा पुग्न अष्ट्रेलिया र स्कटल्यान्डको खेलको नतिजामा भर पर्नु परेको थियो।

समूह बीको अन्तिम खेलमा अष्ट्रेलियाले स्कटल्यान्डलाई हराएर इंग्लिस टोली सुपर ८ मा पुगेको छ । वर्षाका कारण निर्धारित समयभन्दा ३ घण्टा ढिलो सुरु भएको खेलमा इंग्लिस टोलीलाई मौसम र पिचको भरपुर साथ मिलेको थियो । एन्टिगुवामा वर्षाका कारण खेल १०-१० ओभरमा छोट्याइएको थियो ।

सर भिभियन रिचर्ड्स स्टेडियममा नामिबियाले टस जितेर फिल्डिङ रोजेको थियो । इंग्ल्यान्डले निर्धारित १० ओभरमा ५ विकेट गुमाएर १ सय २१ रन बनाए पनि डिएलएस पद्धतिमा नामिबियाले १ सय २८ रनको लक्ष्य पाएको थियो । इंग्ल्यान्डका लागि ह्यारी ब्रुकले २० बलमा ४७ रनको इनिङ खेले । लियाम लिभिङस्टोन १३ रन बनाएर अविजित फर्किए । मोइन अलीले ६ बलमा १६ रन बनाए । जोनी बेयरस्टोले ३१ र फिल साल्टले ११ रनको योगदान दिए । कप्तान जोस बटलरले खाता खोल्न सकेनन् । नामिबियाका रुबेन ट्रम्पलम्यानले २ विकेट लिए ।

जवाफमा नामिबियाले निर्धारित १० ओभरमा ३ विकेट गुमाएर ८४ रन मात्र बनाउन सक्यो । माइकल भान लिङ्गेनले ३३ रन बनाए भने डेभिड विसेले २७ रन बनाए । निकोलस डेभिनले १६ बलमा १८ रन बनाएर रिटायर्ड हर्ट भए । जोफ्रा आर्चर र क्रिस जोर्डनले एक-एक विकेट लिए ।

यससँगै अस्ट्रेलिया समुह बी मा आफ्ना चारै खेल जितेर ८ अंकसहित शिर्ष स्थानमा रहेर सुपर आठमा पुगेको छ । नामिबियाले ४ मध्य १ खेल जित्दै २ अंक जोडेर समूह बीको चौथो स्थानमा रहेर विश्वकप समाप्त गरेको छ । यो जितसँगै ४ खेलमा २ जित एक हार र एक खेल बर्षाले रद्ध हुदा ५ अंकसहित दोस्रो हुदै सुपर आठमा पुगेको हो ।

वर्षाकै कारण भारत र क्यानडाबिचको खेल टस नै नभइ रद्द भयो ।