
काठमाडौं उपत्यकाका तीन जिल्लामा सोमबार ५४ जना कोरोना संक्रमित भेटिएका छन् ।
काठमाडौं उपत्यकामा मात्रै ५४ जनामा कारोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले भक्तपुरका १०, काठमाडौंका २४ र ललिपुरका २० गरी उपत्यकाका ५४ जनामा संक्रमण पुष्टि भएको बताए ।
पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम बढ्दै गइरहेको छ । आइतवार उपत्यकाभर (काठमाडौं, भक्तपुर, ललितपुर) मात्र एकैपटक ३० जनामा कोरोना संक्रमण देखिएको थियो ।
पछिल्लो समय काठमाडौंमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ ।
संक्रमित कहाँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन ।