
भू तथा जलाधार कार्यालय रामेछापका प्रमुख सुरेश दाहाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मदिरा सेवन गरी कार्यालय पुगेका दाहाललाई प्रहरीले नियन्त्रणमा लिएको हो । सोमबार मदिरा सेवन गरी हल्ला गरेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए ।
मदिराले लठ्ठिएर होहल्ला गर्दै गरेको अवस्थामा उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनले कार्यालयमा पुगेर गालीगलौज र अपशब्द बोलेको बताइएको छ ।
उहाँ (सुरेश प्रसाद दाहाल)लाई प्रहरीले नियन्त्रणमा लिएको छ, जाँड आएर हल्ला गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो, स्रोतले भन्यो ।
दोलखा जिल्लाको वैतेश्वर गाउँपालिक ५ मैनापोखरी घर भएका दाहाल केही समय पहिले मात्रै उपसचिवमा बढुवा भएका थिए । प्रहरीले नियन्त्रण गरी उनलाई बा १ झ ८३६१ नम्बारको सरकारी गाडीमा प्रहरी चौकी लगिएको थियो ।
उनी आफूले एमालेको मान्छे भन्दै प्रहरीलाई धम्की दिएको भिडिओ देख्न सकिन्छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापले दिएको जानकारीअनुसार अहिले उनी प्रहरी नियन्त्रणमै छन् । मदिरा सेवन गरी कार्यालयमा गएको र होहल्ला मच्चाएको भन्ने जानकारी आएपनि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
हिजो सार्वजनिक विदा भएपनि उनी मदिरामा लठ्ठिएर विहानै कार्यालय पुगेका थिए ।