८ बैशाख २०८२, सोमबार

चिनियाँ र फिलिपिन्स नौसेनाबीच ‘साउथ चाइना सी’मा झडप

south china

साउथ चाइना सीमा चिनियाँ र फिलिपिन्सबीचको विवाद झडपमा परिणत भएको छ । साउथ चाइना सीको विवादित क्षेत्रमा दुवै पक्षका जल सेनाबीच हिंसात्मक झडप भएको हो । फिलिपिन्सका जलसेनाले चिनियाँ कोस्टल गार्डका सेनामाथि तरवार, बञ्चरो, चाकु र धारिलो हतियारले आक्रमण गरेको फिलिपिन्सका सैन्य कमाण्डरले जनाएका छन् । त्यस्तै चिनियाँ पक्षले पनि फिलिपिनी कोस्टल गार्डका सेनामाथि आक्रमण गरेको थियो ।

चिनियाँ कोस्टल गार्डले फिलिपिन्सको जहाजबाट हतियार अन्य सामाग्री कब्जा गर्ने प्रयास गरेपछि दुवै समूहबीच हिंसात्मक गतिविधि भएको बताइएको छ । चीनले भने उक्त घटनाको मुख्य दोषी फिलिपिनी जल सेना रहेको दाबी गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लीन झियानले फिलिपिनी जहाजले अवैध तरिकाले समान ओसारपसार गरिरहेको सन्दर्भमा आफूहरुले रोक्न खोज्दा हिंसात्मक झडप सिर्जना भएको जनाएका छन् ।

हिंसात्मक झडपमा फिलिपिन्सिका सैनिकहरु घाइते पनि भएका छन् । उनीहरुको तत्काल उद्धार गरी अस्पताल पुर्याइएको फिलिपिन्सका सैन्य विभागले जनाएको छ । चिनियाँ पक्षले झडपको क्रममा फिलिपिनी जहाजमा रहेको सम्पूर्ण हातहतियारलाई कब्जा गरेको समेत बताइएको छ । उक्त हातहतियार फिर्ता गर्न फिलिपिनी पक्षले चिनियाँ पक्षलाई आग्रह गरेको छ ।

सोमबार मात्र चिनियाँ पक्षले थोमस सोल क्षेत्रमा फिलिपीनी जहाजलाई ठक्कर दिएको थियो भने उक्त ठक्करले जहाज क्षति ग्रस्त हुन पुगेको थियो । साउथ चाइना सी मा दुवै पक्षले आआफ्नो दावी गर्दै आएको छ ।

c

    सम्बन्धित समाचार...