
फाइल फोटो
गए रातिदेखि परेको वर्षासँगै पहिरो खस्दा डुम्रे–बेँसीसहर सडक अवरुद्ध भएको छ ।
यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका १ दलालमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पानी परिरहेको हुँदा पहिरो निरन्तर खसिरहेकाले बाटो खुल्न समय लाग्ने प्रहरीले जनाँएको छ । सडक अवरुद्ध भएपछि लमजुङदेखि काठमाडौं, गण्डकी प्रदेश राजधानी पोखरा तथा चितवन, भैरहवालगायत स्थान जान सवारी आवागमन बन्द भएको छ ।
बाटोमा सयौँ यात्री अलपत्र परेका छन् । यसअघि असार ४ गते पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।