८ बैशाख २०८२, सोमबार

स्कटल्याण्डका गोलकिपरसँग ठोक्किएका हंगेरीका फरवार्डको उपचार हुँदै, कस्तो छ अवस्था ?

Varga

जारी युरो २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा हँगेरीले स्कटल्यान्डमाथि १–० गोलको जित निकालेको छ । गएराति भएको खेलमा जित निकाले पनि हँगेरी नकआउट चरणमा प्रवेश गर्न असफल भएको हो ।

टोलीले आफ्ना खेलाडी बर्नबास भर्गालाई जितको समर्पण गरेको छ । भर्गा खेलको ७१ औं मिनेटमा मैदानमा गम्भीर घाइते भएका थिए ।

हंगेरीका फरवार्ड बर्नाबास भार्गा स्कटल्याण्डका गोलकिपर एनगस गनसँग ठोक्किएपछि घाइते भएका थिए । खेलको ८० मिनेटमा डोमिनिक सोबोस्जलाईको फ्रिकिकलाई भेट्न उनी उफ्रिएपछि पिचमा गतिहीन बनेका थिए ।

२९ वर्षीय भर्गालाई खेल केहि बेर रोकेर तत्काल मैदानमै प्राथमिक उपचार दिइएको थियो । उनलाई खेलाडीहरुले छोपेर मैदानमा उपचारपछि अस्पताल लागिएको थियो ।

मैदानमा बेहोस भएका उनको अनुहारका धेरै हड्डीहरू भाँचिएका थिए, र उनलाई चोट पनि लागेको थियो । उनको अनुहारका धेरै हड्डीहरुको शल्यक्रिया गर्नुपर्ने बुझिएको छ ।

हंगेरीको फुटबल फेडेरेसनले उनको अहिले अस्पतालमा उपचार भइरहेको, अवस्था स्थिर रहेको र खतरामुक्त रहेको बताएको छ ।

‘यो डरलाग्दो क्षण थियो’ खेलको प्लेयर अफ द म्याच हंगेरीका रोलान्ड सल्लाईले भने ‘उनी सायद सानो शल्यक्रियाबाट गुज्रनुपर्नेछ तर उनी धेरै राम्रो अवस्थामा हुनुहुन्छ । हामी बाँकी मिनेटमा उनको लागि लडिरहेका थियौं । हामी उनलाई समर्पित गर्छौं ।’

त्यस्तै हंगेरीका प्रशिक्षक मारको रोजीले उनी खतरामुक्त रहेको र उनको अनुहारमा फ्र्याक्चार रहेको बताएका छन् । यस घटनापछि उनी युरोकपबाट भने बाहिर भएका छन् ।

मुख्य प्रशिक्षकले भर्गासँग के भयो भन्ने कुरामा अस्पष्ट देखिएको बताए । ‘मलाई थाहा छैन कि उसले गोलकिपर वा अर्को प्रतिद्वन्द्वीसँग ठक्करको सामना गर्यो कि यो एक भ्रामक स्थिति थियो । त्यसैकारण भिएआरले पेनाल्टी छ कि छैन भनेर जाँचेको थियो ।’

उनले थप भने ‘मैले खेलाडीहरूबाट के सुनें कि बर्ने त्यो क्षणमा सचेत देखिएनन् । सबैजना उनको अवस्थालाई लिएर साँच्चै चिन्तित थिए र डाक्टरहरू अलि ढिलो आइपुगेको तथ्यलाई लिएर पनि चिन्तित थिए, हामी भनौं । उनीहरूले यो खतरनाक अवस्था हो भनेर सायद बुझेका थिएनन् ।’

स्कटल्याण्डका गोलकिपर एङ्गस गनले बीबीसीलाई भने ‘यो अलि धमिलो थियो । मैले सोचें कि म आउनु र्छ र मैले राम्रो गरेको छु । अलि पीडा भयो । आशा छ भर्गा ठीक छन् । म यसको बारेमा धेरै सम्झन सक्दिनँ ।’

यस खेलमा हंगेरीले स्कटल्याण्डलाई १-० ले पराजित गर्दै महत्वपूर्ण ३ अंक बटुलेर नकआउट चरणको दौडमा कायम राखेको छ । समुह ए मा तस्रो रहेको हंगेरी ६ समुहका तेस्रो स्थानमा रहेका शिर्ष चारमा परेमा नक आउट चरणमा छनौट हुने छ ।