२० असार २०८१, बुधबार

रामबहादुर बञ्जन बाल यौन दुराचार मुद्दामा दोषी ठहर

bamjan

सर्लाही जिल्ला अदालतले रामबहादुर बञ्जनलाई बाल यौन दुराचार मुद्दामा दोषी ठहर गरेको छ् ।

जिल्ला न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले बञ्जनलाई उक्त मुद्दामा दोषी ठहर गरेको हो । बञ्जनलाई गत पुस २४ गते प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले पक्राउ गरेको थियो ।

उनलाई उक्त मुद्दामा सजाय भने पछि निर्धारण हुनेछ । बञ्जनविरुद्ध विभिन्न जिल्लाहरुमा यौन दुराचार गरेको, मानिस बेपत्ता पारेको लगायतका आरोप छन् । आफूलाई तपस्वी दाबी गर्ने बञ्जन लामो समयदेखि प्रहरीको फरार सूचीमा थिए । File Photo

    सम्बन्धित समाचार...