१८ असार २०८१, सोमबार

‘इट्स माइ शो’ विवादमा: जसितापछि अश्मी, सुरज र अनमोलले पनि खोले मुख

show

कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम ‘इट्स माइ शो’ को पछिल्लो एपिसोडको विवाद सेलाएको छैन । उक्त कार्यक्रममा उठाइएको विषयवस्तुलाई लिएर थुप्रै सेलिब्रेटी र दर्शकहरुले आपत्ति जनाइरहेका छन् ।

ओसिन सिटौलाले लिएको हालैको एपिसोडबारे सामाजिक सञ्जालमा चौतर्फी प्रश्न उठिरहेको छ । तीन दिनअघि नायिकाद्धय स्वस्तिमा खड्का र साम्राज्ञी राज्य लक्ष्मी शाहसँग गरिएको कुराकानी विवादमा तानिएको हो । ओसिनले ¥यापिडफायर राउण्डमा खेलाएको गेम विशेषगरि विवादमा तानिएको छ । सो राउण्डमा ओसिनले आफूले सोधेको प्रश्नको जवाफ दिन नसके नांगिनुपर्ने भद्दा प्रस्ताव राखेकी थिईन् । ओसिनले उक्त कार्यक्रममा नायक अनमोल केसीले अफियरको बारेमा गरेको प्रश्नले अहिले चौतर्फी आलोचना भईरहेको छ ।

सिटौलाले स्वस्तिमालाई अनमोलको कतिजना गर्लफ्रेन्ड छन् ? उनले को कोसँग डेट गरे भन्दै प्रश्न गरेकी थिईन् । जवाफमा स्वस्तिमाले जसिता गुरुङ, अश्मि श्रेष्ठ र आना शर्माको नाम लिएकी थिईन् । नाम लिएकामध्य अश्मि पूर्व मिस नेपाल हुन भने अन्य कलाकार हुन् ।

आफूहरुको व्यक्तिगत जीवनमाथि यसरी टिभिमा गएर टिप्पणी गरेको भन्दै नाम जोडिएका अश्मि श्रेष्ठ, जसिता र अनमोलले आपत्ति जनाएका छन् भने कार्यक्रमका पूर्व सञ्चालक सुरजसिंह ठकूरीे आफ्नो प्रतिष्ठामा आँच पुगेको भन्दै दुख व्यक्त गरेका छन् ।

नाम जोडिएका कस्ले के भने ?

अनमोलसँग नाम जोडिएको विषयमा सत्यता नभएको भन्दै अश्मीले इन्स्टाग्राममा वक्तव्य लेखेर आपत्ति जनाएकी छन्।

‘म सधैँ मेरो आफ्नै व्यवसायमा ध्यान दिन्छु र हाम्रो वरपरका बाह्य हल्लाबाट विचलित हुन्न। तर, भर्खरैको एउटा ‘टक सो’मा अप्रिय रूपमा मेरो नाम अनावश्यक विवाद निम्त्याउने गरी फ्याँकिएको छ। जुन कत्ति पनि सत्य होइन। यस सम्बन्धमा मैले भन्नुपर्ने कुरा विज्ञप्तिमार्फत सार्वजनिक गरेकी छु,’ उनले भनेकी छन्।

अन्तर्वार्ताको नाममा कसैको व्यक्तिगत जीवनको चर्चा गर्ने संस्कृति निकै खराब भएको उनको भनाइ छ।

‘अन्तर्वार्ताको नाममा कसैको व्यक्तिगत जीवनको चर्चा गर्ने संस्कृतिलाई म स्पष्ट रूपमा अस्वीकार गर्छु। एक होस्टको रूपमा आफैँलाई थाहा छ कि सम्पूर्ण कार्यक्रमको फ्रेमिङमा होस्टले कति ठूलो भूमिका खेल्छ र मलाई थाहा छ, यदि उनीहरूले चाहेको भए यो सजिलै नियन्त्रण गर्न सक्थे। निराधार तथ्य प्रस्तुत गर्नु र पाहुनाहरूलाई निश्चित तरिकाले बोल्न टिभी सोहरूमा दबाब सिर्जना गर्नु नैतिकताविपरीत हो, जुन अत्यन्तै दुःखदायी छ।’

यता पूर्व प्रस्तोता तथा निर्माता सुरजसिंहले सो एपिसोडले आफ्नो ब्राण्ड ध्वस्त भएको भन्दै दुख व्यक्त गरेका छन् । सुरजले भनेका छन्, ‘भर्खरै कान्तिपुर टिभीमा सुरज सिंह ठकुरीसँग इट्स माइ शोको सम्बन्धलाई लिएर केही अन्योल भएको छ । म स्पष्ट गर्न चाहन्छु- म अब कुनै पनि हैसियतमा शोमा आबद्ध छैन, या त होस्ट वा प्रमुख कार्यकारी निर्माताको रूपमा ।’

उनेल आफू छिट्टै यस्तै अर्को कार्यक्रम लिएर स्रोतामाझ आउने भन्दै दर्शकलाई दुखी नहुन आग्रह गरेका छन् । ‘म यति मात्र भन्न चाहन्छु, मेरो २३ वर्षको समर्पण, इमान्दारी र मेरो ब्रान्डप्रतिको बफादारी ध्वस्त भएको छ । एक टेलिभिजनकर्मीको रुपमा म दुस्खी छु’, उनले लेखेका छन् ।

नायिका जसिताले पनि सो एपिसोड हेरेपछि आफू दुखी भएको भन्दै कार्यक्रममा खड्का र शाहले दिएको अभिव्यक्तिबारे कयन प्रश्न उठाएकी छन् ।

‘के हामी साँच्चै एक महिलाले अर्को महिलालाई होच्याउने प्रवृत्तिविरुद्ध छौं , उनीहरु कसैसँग मेरो व्यक्तिगत समस्या छैन । सुरुदेखि नै मैले उनीहरूलाई अभिनेत्री र होस्टको रूपमा उच्च सम्मान र प्रशंसा गर्दै आएकी छु । तर तपाईंहरुको यो कार्यले कतिको जीवन प्रभावित हुनेछ भन्ने सोच्नुभएको थिएन ‘।

जसिताले महिला भएर महिलाकै विरुद्ध यस्तो कार्य गरेर कस्तो उदाहरण बन्नुभएको रु भनेर प्रश्न समेत गरेकी छन् । उनले अगाडि लेखेकी छन्, ‘मेरो परिवारले तपाईंको अन्तर्वार्ता र समाचार हेरिरहेका छन् भन्ने लाग्दैन रु महिला भएर समाजका लागि कस्तो उदाहरण बसाल्नुभएको हो रु कसैको व्यक्तिगत जीवनलाई सार्वजनिक रूपमा बदनाम गर्ने र चर्चा गर्ने कारण के हो रु’

जसिताको यो पोस्टमा धेरैले कमेन्ट गर्दै आफूहरुको उनको पक्षमा रहेको जनाएका छन् । अभिनेता अनमोल केसीले कमेन्टमा उल्लेख गरेका छन्, ‘म आदरणीय नारीहरुलाई अनुरोध गर्न चाहन्छु, कृपया वास्तविक चरित्रमा ध्यान केन्द्रित गर्नुहोस् र मात्रै रिल क्यारेक्टरमा केन्द्रित नहुनुस् ।’

यता तीन जना हिरोइनसँग नाम जोडिएका अनमोल केसीले भने तीनै जनाप्रति कटाक्ष गर्दै अनादार गर्नेलाई पनि आदर गर्न आग्रह गरेका छन् ।

उनले साम्राज्ञी, स्वस्तिमा र कार्यक्रम सञ्चालिका ओसिन सिटौलाको तस्बिर राख्दै लेखेका छन्, ‘यदि तिनीहरूले तपाइलाई आदर गर्छन् भने, तिनीहरूलाई सम्मान गर्नुहोस् । यदि, तिनीहरूले तपाइलाई अनादर गर्छन् भने, अझै पनि तिनीहरूलाई सम्मान गर्नुहोस् ।’ भन्छन्, ‘अरूको कार्यका कारण तपाईँको राम्रो बानीलाई कम गर्न नदिनुहोस् ।’ आफूले आफूलाई नै प्रतिनिधित्व गर्ने धारणा समेत राखेका उनले सबैलाई सम्मान गर्न समेत आग्रह गरेका छन् ।