
फाइल फोटो
नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका ६ जलवीरेमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार अविरल वर्षाका कारण पहिरो खसेपछि अवरुद्ध सडक अवरुद्ध बनेको बताए ।
हाल पानी परिरहेकाले द्रुत गतिमा पहिरो पन्छाउन समस्या भएको उनको भनाइ छ ।
पहिरो खसेसँगै यात्रुले सास्ती भोग्नु परेको प्रहरीले जनाएको छ ।