१८ असार २०८१, सोमबार

सेमिफाइनलमा अफगानिस्तानको खराब ब्याटिंग, ५६ रनमा अल आउट

SA 2

अफगानिस्तान दक्षिण अफ्रिकाविरुद्ध ५६ रनमा अल आउट भएको छ ।

जारी टी २० विश्वकपको सेमिफाइनल खेलमा टस जितेर पहिला ब्याटिङ्ग गरेको अफगानिस्तान ११.४ ओभरमा ५६ रन बनाएर अल आउट भएको हो ।

अफगानिस्तानका लागि अज्मतुल्लाह ओमरजाईले सर्वाधिक १० रन बनाएका थिए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

त्यस्तै दक्षिण अफ्रिकाका बलर मार्को जानसेन र ताब्रिज शाम्सीले ३-३ विकेट लिए । कागीसो रबाडा र एनरिच नोकियाले २-२ विकेट लिएका थिए ।