७ बैशाख २०८२, आईतवार

किन हतारो तीज गीत ल्याउन ? राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको आग्रह वेवास्ता गर्दै आयो ‘बरिलै’

teej song e1719544697887

लोकदोहोरी कलाकारलाई अहिल्यैदेखि तीज गीतको चटारोले छोएको छ। गायक-गायिकाहरू रेकर्डिङमा व्यस्त छन्। भिडियोको छायांकन समेत सुरू भइसकेका छन्।

यस्तैमा असार १५ गतेअघि नै तीज गीत सार्वजनिक गरिएको छ। गायिका समीक्षा अधिकारी र गायक मोहन खड्काको स्वरमा बिहीबार ‘बरिलै’ बोलको गीत सार्वजनिक भएको हो। यसमा मोडल विमल अधिकारीको शब्द एवं संगीत छ।

भिडियोमा विमल र मोडल आश्मा विश्वकर्माले नृत्य गरेका छन्। राजेश घिमिरेको छायांकन, विकास ज्ञवालीको सम्पादन रहेको भिडियोलाई शंकर बिसीले कोरियोग्राफी एवं निर्देशन गरेका हुन्। यो सम्भवतः २०८१ सालको पहिलो तीज विशेष गीत हो।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले विगतदेखि नै असार १५ अघि तीज गीत नल्याउन आग्रह गर्ने गरेको छ। तर कतिपय कलाकारले आग्रह वेवास्ता गर्दै अगाडि गीत ल्याउने गरेका छन्।

    सम्बन्धित समाचार...