२० असार २०८१, बुधबार

फ्रान्स युरोकपको क्वार्टरफाइनलमा प्रवेश

france

फ्रान्स युरोकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

सोमबार राति डसेलडोर्फ एरिनामा भएको खेलमा फ्रान्सले बेल्जियमलाई १-० गोलअन्तरले पराजित गर्दै अन्तिम आठमा पुगेको हो।

दुई दावेदार टोली बीच आँकलन गरेभन्दा केही फितलो प्रदर्शन प्रस्तुत भएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।

खेलको एकमात्र गोल आत्मघाती गोलको रूपमा आएको थियो । दुवै टोलीले मौकाहरु सिर्जना गर्न संघर्ष गर्नु परेको ८५औं मिनेटमा भेर्टोङ्गेनले आत्मघाती गोल गरेसँगै फ्रान्स विजयी भयो।

रान्डाल कोलो मुआनीको प्रहार बेल्जियम डिफेन्डर यान भर्टङगनलाई लागेर गोलमा परिणत भएको थियो । अन्त्यमा खेलको छिनोफानो आत्मघाती गोलले हुन पुग्यो । सोही गोलको मद्दतले फ्रान्स क्वाटरफाइनलमा पुगेको छ।

फ्रान्सले अब क्वाटरफाइनलमा पोर्चुगल र स्लोभेनिया बीचको विजेता विरुद्ध खेल्नेछ । यी दुई टोली बीचको खेल आज राति १२:४५ बजे नै हुँदैछ ।

फ्रान्स बाहेक अहिलेसम्म क्वाटरफाइनलमा पुग्ने टोलीहरू जर्मनी, स्पेन, स्विटजरल्यान्ड र इङ्ल्यान्ड रहेका छन् ।