
समाजवादी पार्टीकी सांसद सरिता गिरीबारे अध्ययन गर्न बनेको पार्टीको कार्यदलले उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पदबाट हटाउन सिफारिस गरेकोमा उनलाई पार्टीबाट निस्कासन गरेको छ । यो संगै उनले अब सांसदको पद पनि गुमाएकी छिन ।
पार्टी महासचिव रामसहायप्रसाद यादवको नेतत्वमा तीन सदस्यीय कार्यदलले गिरीलाई कारबाही गर्न सिफारिस गरेको थियो । उनले लिपुलेक, लिम्पियाधुरा समेटिएको नेपालको नक्सा सहितको निसान छाप बदल्नका लागि भएको संविधान संशोधनमा पार्टी ह्वीप उल्लंघन गरेकी थिइन्।
संविधानको अनुसूची ३ मा रहेको निसान छाप परिवर्तनका लागि कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरिएको नक्सा संशोधनका लागि ल्याइएको संविधान संशोधन विधेयकको उनले संशोधन प्रस्ताव हालेकी थिइन् ।
पार्टी सचेतक उमाशंकर अरगरियाले संशोधन प्रस्ताव फिर्ता लिन भन्दै गिरीलाई निर्देशन दिए पनि उनले अस्विकार गरेकी थिइन्।