
आयोजक जर्मनीलाई पराजित गर्दै स्पेन युरो कपको सेमिफाइनलमा प्रवेश गरेको छ।
एमएचपी एरेनामा शनिबार राति सम्पन्न दुई उपाधि दावेदारबीचको खेलमा अतिरिक्त समयमा माइकल मेरिनोले अतिरिक्त समय सकिन एक मिनेट हुँदा गोल गरेसँगै स्पेन युरो कप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको हो।
स्पेनका लागि ५१औं मिनेटमा ड्यानी ओल्मोले गोल गर्दै स्पेनलाई सुरुआती अग्रता दिलाएका थिए। उनले लामाइन यमलको पासको सदुपयोग गरे।
तर, उक्त अग्रता स्पेनले बचाउन सकेन। वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका लेभरकुजनका मिडिफिल्डर फ्लोरियन विर्ट्जले निर्धारित समय सकिँन एक मिनेट बाँकी रहँदा गोल गर्दै खेल अतिरिक्त समयमा पुर्याएका थिए। उनले लेरोय सानेको पासको सदुपयोग गरे।
तर, ११९औं मिनेटमा ओल्मोको पासमा माइकल मेरिनोले गोल गर्दै स्पेनलाई अन्तिम चारमा पुर्याए। अतिरिक्त समयमा स्पेनका ड्यानी कार्भाजलले दोहोरो पहेंलो कार्ड पाउँदै मैदान छाडेका थिए।
सले अब फाइनल प्रवेशका लागि फ्रान्स र पोर्चुगल बीचको क्वाटरफाइनल खेलको विजेता विरुद्ध खेल्नेछ । सो खेल आजै राति १२:४५ बजे सुरु हुनेछ ।