
सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड(SWMF)को एफपीओ साढे १६ लाख भन्दा धेरैले नपाउने भएका छन् । लघुवित्तको एफपीओमा अन्तिम दिनसम्म ५१० गुणा भन्दा बढी माग भएको छ ।
शुक्रबारदेखि निष्काशन गरिएको एफपीओमा हालसम्म दुई करोड ३८ लाख भन्दा बढी कित्ताका लागि आवेदन परेको हो ।
मंगलबार बेलुकी ५ बजेर ६ मिनेटसम्ममा १६ लाख ५६ हजार ८२६ जनाले आवेदन दिएको सीडिएस एण्ड क्लियरिंग लिमिटेडले जानकारी दिएको छ । लघुवित्तले ४६ लाख ७२ हजार ९५४ रुपैयाँ ५० पैसा बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४६ हजार ७२९.५४५० कित्ता शेयर निष्काशन गरेको थियो। यस अनुसार १६ लाख ५२ हजार १५४ जनालाई एफपीओ नपर्ने भएको हो ।
यसैगरी, अन्तिम दिनसम्ममा लघुवित्तको दुई करोड ३८ लाख ३७ हजार ९०० कित्ताका लागि दुई अर्ब ३८ करोड ३७ लाख ९० हजार रुपैयाँ बराबरको एफपीओ माग भएको हो ।