७ बैशाख २०८२, आईतवार

त्रिभुवन विमानस्थलमा सौर्य एयरलान्सको जहाज दुर्घटना

Messenger creation 367c999f 49d9 43ae 9d22 eb66789af9cd

काठमाडौंको त्रिभुवन विमानस्थलमा सौर्य एयरलान्सको जहाज दुर्घटना भएकाे छ ।

सौर्य एयरलाइनकाे ९एन–एएमई (सीआरजे २००) जहाज दुर्घटनामा परेको हाे ।

बुधबार बिहान करिब ११ बजे पोखराका लागि उडेको जहाज दुर्घटनामा परेको थियो। यो जहाजले धावनमार्ग छाड्नासाथ भुईमा बजारिएको पाइएको छ ।

जहाज रनवे ०२ तर्फबाट उडेको र पूर्वतर्फ रनवे २० नजिकै दुर्घटनामा परेको विमानस्थलले जनाएको छ।

जहाजमा रहेका क्याप्टेन ३७ वर्षीय मनीष शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा लगिएको छ । जहाजमा १९ जना यात्रु रहेका थिए।

प्राविधिक प्रयोजन परीक्षणका लागि उडेको यो जहाज दुर्घटनामा परेको प्राधिकरणले जनाएको छ ।

जहाजमा आगो लागे लगत्तै विमानस्थलभित्र उद्धार टोली र प्रहरी परिचालित भएका थिए ।

अग्निनियन्त्रकले पानी हालेर आगो निभाइरहेका छन् ।