८ बैशाख २०८२, सोमबार

सन्दीप क्षेत्री विरुद्ध सामाजिक सदभाव र नैतिकता खलल पारेको भन्दै जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी

sandeep what the flop

हास्यकलाकार तथा कार्यक्रम प्रस्ताेता सन्दीप क्षेत्री ह्वाट द फ्लप टिम र कान्तिपुर टेलिभिजन बिरुद्व पर्सा छिपहरमाइ गाउपालिका वडा नम्बर ५ घर भइ हाल बिरगंज महानगरपालिका १३ बस्दै आएका बर्ष ३५ अशाेक कुमार कुशवाहाले जिल्ला प्रहरी कार्यालय पर्सामा दरखास्त दिएका हुन ।

https://twitter.com/aashusarraf/status/1280767834348417026

सन्दीपले कान्तिपुर टेलिभिजनबाट प्रशारित ‘व्हाट द फ्लप्’ नामका कार्यक्रममा “विवाहको ७ वर्षपछि मात्र नागरीकता” शिर्षकमा प्रस्तुती दिएका थिए ।

जाहेरीमा सन्दिपले मधेशी समुदायप्रति घृणा वा द्वेष फैलाउने र मधेशी र पहाडी सम्प्रदाय बीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरु प्रकाशन र प्रदर्शन गरेको आरोप लगाइएको छ । सन्दिपले कार्यक्रममार्फत मधेशी महिलालाई जिस्क्याउने, होच्याउने, अपमान गर्ने र अमर्यादित कार्य गर्ने गरेको आरोप समेत लगाइएको छ ।

उजुरीमा लेखिएको छ “लिङ्कमा प्रकासित प्रसारित सामाग्रीले सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री साथै मधेशी समुदायप्रति घृणा वा द्वेष फैलाउने र मधेशी र पहाडी सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरु प्रकाशन र प्रदर्शन गर्ने कार्य गरेको छ । साथै मधेशी महिलालाई जिस्क्याउने, होच्चयाउने, अपमान गर्ने र साथै अमर्यादित कार्य गरेको र गर्न लगाई निजहरुले मुलुकी अपराध संहिता, २०७४ को दफा ६५ को उपदफा (१) बमोजिमको कसुर गरेको हुँदा निजहरुलाई ऐ. ऐनको दफा  दफा ६५ को उपदफा (२) बमोजिम हदैसम्म सजाय गरि पाउँ।

यस बिषयमा सन्दिप क्षेत्रीकाे धारणा भने आउन बाँकि रहेकाे छ भने अहिले उक्त भिडियो लाई प्राइभेट गरिएको छ ।

https://twitter.com/aashusarraf/status/1280521978420563968

के छ जाहेरीमा ?

sandeep ujuri

    सम्बन्धित समाचार...