
१५ दिन बितिसक्दा पनि मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालमा पहिरोले बगाएको बस र यात्रुको अवस्था अज्ञात छ ।
काठमाडौंबाट गौरतर्फ जाँदै गरेको र वीरगन्जबाट काठमाडौंतिर आइरहेको दुई बस गएको असार २८ गते सिमलतालमा पहिरोमा परी त्रिशूली नदीमा खसेका थिए । दुई बसमा ६५ जना सवार थिए । तीमध्ये तीनजना जीवितै छन् । दुर्घटनामा परेका मध्ये हालसम्म २४ शव फेला परेकामा १९ जनाको मात्र सनाखत भएको छ । उक्त बस र यात्रुको खोजी गर्न भारतबाट राष्ट्रिय आपदा मोचन बलका १२ जनाको टोली आएको छ । बस खसेको १५ दिन बितिसक्दा पनि त्यसको कुनै अत्तोपत्तो लागेको छैन ।
सशस्त्र प्रहरी बल र भारतको टोलीले संयुक्त रूपमा बस र यात्रुको खोजी गरिरहेका छन् । भारतबाट आएको टोलीमा सोनार तीन र चारजना गोताखोर र प्राविधिक छन् । ६ दिनसम्म सोनारले खोजी गर्दा केही फेला परेन । त्यसपछि चुम्बकको प्रयोग गर्दा समेत बस फेला पर्न नसकेको विपद् व्यवस्थापन तालिम शिक्षालयका एसपी जनक पुरीले बताए । उक्त बसका ३८ यात्रु अझै हराइरहेका छन् । सात दिनलाई आएको भारतीय टोलीको समय शनिबारदेखि सकिएको छ ।
त्रिशुलीमा हराइरहेको बस फेला परेको आशंका, सुरक्षाकर्मी पुग्दै
चितवनको केराबारीमा त्रिशुलीमा हराइरहेको बस फेला परेको आशंका गरिएको छ । स्थानीयले रातो रंगको बस देखेको भन्दै प्रहरीलाई खबर गरेपछि अहिले सशस्त्र प्रहरीको टोली देवघाटबाट र प्रहरीको टोली मुग्लिनबाट सो ठाउमा पुग्दै गरेको बताइएको छ ।
सिमलतालस्थित त्रिशुली नदीमा हराइरहेका दुई बसको खोजी कार्य जारी रहेपनि अहिलेसम्म फेला पर्न सकेको थिएन । भारतीय उद्दार टोलीले घटनास्थलमा शनिबार दिउँसो बस खोजी गर्नेक्रममा १९ किलोको चुम्बक नै पानीले बगाएको हो ।
बस खोज्न प्रयोग गरिएको १९ किलोको चुम्बक त्रिशुलीमा हरायो
सिमलतालस्थित त्रिशुली नदीमा हराइरहेका दुई बसको खोजी कार्यमा प्रयोग गरिएको ठूलो चुम्बक नदीमा हराएको छ ।
भारतीय उद्दार टोलीले घटनास्थलमा शनिबार दिउँसो बस खोजी गर्नेक्रममा १९ किलोको चुम्बक नै पानीले बगाएको हो ।
भारतीय टोलीले शनिबार १९ केजी र १४ केजीको दुई वटा चुम्बक प्रयोग गरेर खोजी गरेको थियो । असार २८ गते लेदोसहितको पहिरोले बगाएका दुई बस अहिलेसम्म भेटिएका छैनन् । बसमा रहेका ६२ यात्रु मध्ये अहिलेसम्म २४ जनाको शव फेला परेको छ भने अझै ३८ जनाको अवस्था अज्ञात रहेको छ ।