
सामाजिक सञ्जालका चर्चित ज्योतिषी पुष्कर खतिवडालाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
देशका शीर्ष नेताहरूको मृत्युको कामना गर्दै धार्मिक अनुष्ठान गर्ने क्रममा उनलाई प्रहरीले पक्राउ गरेको थियो । काठमाडौं जिल्ला अदालतले विद्युतीय कारोबार कसुरमा उनलाई थुनामा राख्न अनुमति दिएको हो ।
काठमाडौं प्रहरीले सोमबार बिहान खतिवडालाई महाराजगञ्जस्थित उनकै निवासबाट नियन्त्रणमा लिएको थियो । चार दिनअघि नेताहरुको मृत्युको कामना गर्दै अनुष्ठान आयोजना गर्न लागेको बताएका उनले आज उक्त काम गरेका थिए ।