
सरकारले नेपाली सेनाको कामु प्रधानसेनापतिमा बलाधिकृत रथी अशोकराज सिग्देललाई नियुक्त गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सिग्देललाई नेपाली सेनाको कामु प्रधानसेनापतिमा नियुक्त गर्ने निर्णय गरेको हो ।
प्रधानसेनापति प्रभुराम शर्माको सिफारिसमा सरकारले सिग्देललाई नेपाली सेनाको कामु प्रधानसेनापतिमा नियुक्त गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री शर्माको कार्यकाल आगामी भदौं २४ गते सकिने हुनाले त्यो भन्दा एक महिना अगाडी साउन २५ देखि विदा बस्ने प्रचलन अनुसार सरकारले सिग्देललाई कामु प्रधानसेनापति नियुक्त गरेको हो ।
बलाधिकृतरथी सिग्देलले अहिले बलाध्यक्षको समेत जिम्मेवारी सम्हालिरहेका छन्। सिग्देलले अहिले आफ्नो कोर टिम बनाएर भावी नेतृत्वको रुपमा सैनिक मुख्यालयमा काम सुरु गरिसकेका छन्।
प्रधानसेनापति शर्माले समेत उनलाई महत्वपूर्ण जाहेरी र कामहरू हस्तान्तरण गरिसकेका छन्।