७ बैशाख २०८२, आईतवार

बक्यौता नतिरी भागेको थाइ एयर एसियालाई पुनः नेपालमा उडान अनुमती

AirAsia Airbus

थाई एयर एसियाले बैंकक-भैरहवा सातामा चार दिन उडान गर्ने भएको छ ।

नागरिक उड्डयन प्राधिकरणले बैंकक मुख्यालय भएको यस एयरलाइन्सलाई भैरहवाको उडानका लागि बिहीबार अनुमति दिएको हो । थाई एयर एसियालाई सातामा चार दिन भैरहवा र तीन दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अनुमति दिइएको प्राधिकरणका उपमहानिर्देशकले जानकारी दिनुभएको छ । ५८ वटा विमान भएको थाई एयर एसियाको नेपालको आधिकारिक एजेन्ट- युनिभर्सल टुर्स एन्ड ट्राभल्स रहेको छ ।

यसअघि थाई एयर एसियाकै लगानीकर्ताहरूसमेत रहेको एयर एसिया भने नेपालबाट फर्किएको थियो । एयर एसियाले २०६९ देखि २०७५ सम्म नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बुझाउनुपर्ने २७ करोड बक्यौता थियो । थाई एयर एसिया आउने भएपछि एयर एसियाको बक्यौता रकम भने बैंक ग्यारेन्टीमार्फत गत चैतमै बुझाइएको थियो ।

त्यसपछि मात्रै थाई एयर एसियालाई नेपालमा उडान अनुमतिको बाटो प्राधिकरणले खुला गरेको हो ।

    सम्बन्धित समाचार...