७ बैशाख २०८२, आईतवार

बिधुत पटकपटक अवरुद्ध भएपछि पूर्व-पश्चिम राजमार्गमा चक्काजाम

ca 1

महोत्तरीमा बिधुत प्राधिकरणले पटक पटक लाइन काटेपछि आन्दोलित भएका छन् । पटक पटक लाइन काट्ने र लाइन दिएता पनि कम भोल्टेज दिँदा व्यवसाय सञ्चालनमा कठिनाइ भएको भन्दै शुक्रबार उनीहरूले पूर्व-पश्चिम राजमार्ग १ घण्टा चक्काजाम गरेका हुन ।

स्थानीयको समेत सहभागितामा भएको चक्काजाममा बिधुत प्राधिकरणले नियतवश लाइन अवरुद्ध बनाएपछि प्रारम्भिक चरणमा चक्काजाम गर्न बाध्य भएको व्यापारीहरूले बताए । व्यापारीहरूले शनिवार यो विषयमा उद्योग वाणिज्य संघ बर्दिवाससगँ पनि छलफल गर्ने भएका छन् । छलफलपछि उपयुक्त निष्कर्ष ननिक्लिएमा समस्या सावधान नभएसम्म चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने स्थानीय व्यवसायी विनोद भण्डारीले बताए ।

व्यापारीहरूको मागमा ऐक्यबद्धता जनाएको बत्ताउँदै उद्योग वाणिज्य संघ बर्दिबासका अध्यक्ष विष्णु खडकाले यसको सावधानको लागि उपयुक्त पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

यता विधुत प्राधिकरण औरही प्रशारणका कार्यालय प्रमुख जवननाथ झाले हावाहुरीका विधुत अवरुद्ध भएको बताए । `नियतवस: हामीले लाइन काटेका हैनौ । ढल्केवर प्रशारण लाइनबाट पुर्णरुपमा विस्थापन गरेर औरही प्रशारणको लागि काम गरिरहेका छौ ।´ प्रमुख झाले भने । `हामी सर्वसाधारण र व्यापारीहरूको गुनासोमा गम्भीर छौ ।´

बिधुत प्राधिकरणका तर्फबाट कुनै लोडसेडिङ नभएको पनि उनले प्रष्ट बताए ।

    सम्बन्धित समाचार...