७ बैशाख २०८२, आईतवार

रामेछापको दोरम्बामा पहिरोले ४ घर बगायो, ११ जना वेपत्ता

pahiro

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका-३ मा पहिरोमा ११ जना वेपत्ता भएका छन् ।

पहिरोले ४ घर बगाएको छ । पहिरोले अँधेरीखोलाको पुल समेत बगाएको छ भने थप विवरण आउन बाँकी रहेको ।

गएराती १ बजेतिर उक्त गाउँपलिकाको लेकखर्मा पहिरोमा परेर ११ जना वेपत्ता भएको रामेछापका प्रहरी प्रमुख प्रदिपकुमार सिंहले जानकारी दिए ।

उनका अनुसार आज बिहान ३:३५ बजे पहिरोले गाउँमा क्षति पुर्‍याएको सूचना जिल्ला प्रहरी कार्यालयमा प्राप्त भएको थियो । त्यसअघि नै टोकरपुर र दोरम्बाबाट प्रहरीको टोली घटनास्थल प्रस्थान गरेको थियो । तर बाटोमा पर्ने अँधेरी खोलाको पुल पनि भत्किएकाले प्रहरीहरु घटनास्थल पुग्न ढिलो भएको थियो ।

‘नजिकका प्रहरी टोली घटनास्थल पुग्दा दुई जनाको शव भेटिएको छ,’ प्रहरी इन्सपेक्टर न्यौपानेले भने, ‘केही व्यक्तिहरु बेपत्ता छन् । तर मृतक र वेपत्ताको परिचय खुल्न बाँकी छ ।’

उनका अनुसार जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रदीप कुमार सिंहसहितको टोली पनि घटनास्थल प्रस्थान गर्दै छ ।

    सम्बन्धित समाचार...