७ बैशाख २०८२, आईतवार

धादिङको थोपल खोलाको कजवे पुल बाढीले बगाएपछि सवारी आवतजावत ठप्प

dhading

धादिङको निलकण्ठ नगरपालिका पुछार बजार स्थित थोपल खोलामा रहेको कजवे पुलको एकतर्फको भागमा बाढीले खोलेपछी सवारी आवतजावत रोकिएको छ ।

उत्तरी धादिङलाई सदरमुकाम सँग जोड्ने यो पुलको एकतर्फको भाग भत्किदा अहिले सो क्षेत्र सवारी सम्पर्क बिच्छेद भएको छ ।

बजार क्षेत्रमा रहेको पुल हुनाले अहिले साङ्कोसको पशुपति मन्दिर क्षेत्रका नागरिकलाई सवारी वारपार गर्न त समस्या भएको छ नै पैदल बजार वारपार गर्न समेत आधा घन्टाको बाटो घुम्नुपर्ने बाध्यता छ ।

सदरमुकामबाट खोलाको पारिपट्टी पशुपति मन्दिर भएको र पशुपतिमा जाने भक्तजन र पेशा व्यवसाय गर्न र अध्यनका लागि आउने विद्यार्थी समेत बिहान देखि रोकिएका छन् ।

सामान्य वर्षामा समेत गेग्रान र ढुङ्गा आएर कजवे पुल थुनिदा पुल माथीबाट पानी बग्ने गर्दा यस भेगका नागरिकले वर्षौ देखि सास्ति खेप्दै आएका छन् ।