७ बैशाख २०८२, आईतवार

सेफ्टी ट्यांकीमा निसास्सिएर पूर्वी नवलपरासीमा तीन जनाको निधन

death dead body

पूर्वी नवलपरासीको निर्माणाधीन सेफ्टी ट्यांकीमा निसास्सिएर तीन जनाको निधन भएको छ ।

शुक्रबार पूर्वी नवलपरासीको बिनय–त्रिवेणी गाउँपालिका–७ रानिनगरस्थित भोला सिंह क्षेत्रीको घरमा नयाँ निर्माण भइरहेको सेफ्टी ट्यांकीमा निसास्सिएर तीन जनाको निधन भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

निधन हुनेमा ३८ वर्षीय प्रकाश सिंह क्षेत्री, १९ वर्षीय गणेश बोगटी र सेफ्टी ट्यांकी बनाउने मिस्त्री मोहम्मद राजा रहेका छन् ।

निर्माण कार्य सकिएपछि सामान निकाल्न सेफ्टी ट्यांकीको माथिको प्वाल भित्र पालैपालो गएका तिनै जनाको निसास्सिएर निधन भएको थियो ।

तिनै जनालाई प्रहरीले बेहोस अवस्थामा उद्धार गरेर अस्पताल पठाएकोमा प्रकाशको पृथ्वीचन्द्र अस्पताल र अन्य दुई जनाको भीम अस्पताल भैरहवामा निधन भएको प्रहरीले जानकारी दिएको छ ।

    सम्बन्धित समाचार...