७ बैशाख २०८२, आईतवार

अपराधीहरुलाई कसैले पनि संरक्षण गर्नुहुँदैन : अध्यक्ष नेपाल

madhav nepap 1 oj1kqF85cu e1687176393432
फाइल फोटो

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले लागुपदार्थ दुव्र्यसनीबिरुद्धको अभियानलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले लागुपदार्थ दुव्र्यसनी र दुव्र्यसनीका व्यापार गर्नेहरुको सञ्जाललाई समाप्त बनाउनुपर्ने बताउनु भएको हो ।

उहाँले सबै इमान्दार भएर लागे अपराधजन्य गतिविधि नियन्त्रण गर्न सकिने बताउनु भयो । उहाँले अपराधीहरुको कसैले पनि संरक्षण गर्न नहुने उल्लेख गर्नुभयो । ‘दुव्र्यसनीबिरुद्धको अभियान जुन छ, यो अझै प्रभावकारी रुपमा अघि बढाउनुपर्छ । लागुपदार्थ दुव्र्यसनी र दुव्र्यसनीका व्यापारजन्यहरुको सञ्जाल देखिएको छ । यसलाई कुनै रुपमा समाप्त पार्नुपर्छ,’ उहाँले भन्नुभयो ।

अध्यक्ष नेपालले कुनै चुनौतिलाई स्वीकार गर्नसके सबैकुरामा सफल हुन सकिने बताउनु भयो ।