
नेपालमा आज (बिहिबार) ४,५८८ पिसिआर टेस्ट भएकोमा थप १०८ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १६ हजार ५३१ पुगेको छ ।
त्यसैगरी काठमाडौंमा ५ जना मात्र संक्रमित भेटिएका छन भने पाटन र भक्तपुरमा संक्रमित भेटिएका छैनन ।
पछिल्लो २४ घण्टामा १३९ जना र आज सम्म ७,८९१ संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।
धनकुटा, भोजपुर, सोलुखुम्बु, हुम्ला र मुस्ताङमा भने संक्रमित संख्या शुन्य रहेको छ ।