८ बैशाख २०८२, सोमबार

सरकारबारे रवि लामिछानेको टिप्पणीः ‘अनुभवी लुटेराको गठबन्धनबाट केही आशा गर्न सकिँदैन’

Rabi Lamichhane
फाइल फोटो

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले वर्तमान सत्ता गठबन्धनलाई ‘अनुभवी लुटेराको गठबन्धन’ को संज्ञा दिएका छन् ।

शनिबार पार्टीको कर्णाली प्रदेश भेलालाई विरेन्द्रनगरमा सम्बोधन गर्दै उनले यस्तो प्रकारको गठबन्धनबाट केही आशा गर्न नसकिने बताए ।

‘अनुभवी लुटेराको गठबन्धनबाट केही आशा गर्न सकिँदैन, परिवर्तन केही हुने छैन। हदै भए बाँकी तीन वर्ष बाँडिचुँडी खानुहोला, २०८४ मा त घण्टी बज्छ-बज्छ,’ उनले भने।

सभापति लामिछानेले कर्णालीले जित्नका लागि २०८४ को निर्वाचनमा रास्वपाले जित्नुपर्ने बताए । उनले वर्तमान सरकारले आगामी तीन वर्ष बाँडिचुँडी खानेबाहेक केही गर्न नसक्ने दाबी गरे ।