
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार बन्नुमा क्याप्टेन रामेश्वर थापाको ठूलो हात रहेको बताएका छन् ।
शनिबार क्याप्टेन थापाद्वारा लिखित पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् । क्याप्टेन थापाले केपी शर्मा ओली र आफूलाई नजिक ल्याउने काम गरेको बताए ।
‘ओलीजी र मेरोबीचमा नजिक ल्याउने काममा, यो गठबन्धन बनाउने काममा उहाँको धेरै ठूलो योगदान छ, धेरै ठुलो मद्दत गर्नुभएको छ,’ सभापति देउवाले भने ।
कार्यक्रममा बोल्दै देउवाले भने, ‘उहाँले पहिल्यैदेखि मलाई व्यक्तिगत रुपमा पनि धेरै ठूलो मद्दत गर्नुभएको छ । पार्टीलाई पनि । यसकारण रामेश्वर थापाजीलाई केपी शर्मा ओलीको पार्टीको नजिकको भनेतापनि उहाँ सबैको समर्थक, सबैलाई सहयोग गर्ने व्यक्ति हो । मैले त्यसै रुपमा लिएको छु । यो कुरा लुकेर लुक्ने कुरा छैन । ओलीजी र मेरोबीचमा नजिक ल्याउने काममा, यो गठबन्धन बनाउने काममा पनि उहाँको धेरै ठुलो योगदान छ । धेरै ठूलो मद्दत गर्नुभएको छ । यसकारण म हाम्रो पार्टीको तर्फबाट हार्दिक-हार्दिक धन्यवाद दिन चाहान्छु ।’
देउवाले क्याप्टेन थापालाई प्रधानमन्त्री ओलि निकटको व्यक्ति भनेर चिनिने भएपनि थापा सबैलाई सहयोग गर्ने मान्छे भएको उल्लेख गरे ।