७ बैशाख २०८२, आईतवार

एमबिबिएस परीक्षामा रौतहटका दुई विधार्थी नेपालमै पहिलो र दोस्रो

MBBS.png

शिक्षा, साक्षरतामा देशको ७७औँ स्थान अर्थात् पुछारमा रहेका जिल्ला रौतहटका दुई जना विद्यार्थी एमबिबिएसको परीक्षामा नेपालमै क्रमशः पहिलो र दोस्रो स्थान ल्याउन सफल भएका छन् ।

एमबिबिएस मेडिकलमा अध्ययनका लागि नेपाल सरकारले हालै लिएको छनौट परीक्षामा रौतहटका दुई जना विद्यार्थी पहिलो र दोस्रो स्थान प्राप्त गरेर जिल्लाको सम्मान बढाएका छन् ।

शिक्षा मन्त्रालयद्वारा शुक्रवार प्रकाशित नतिजा अनुसार स्थानीय यमुनामाई गाउँपालिका- १, जेठरहिया चिकना गाउँका विद्यार्थी अनिषराज प्रजापति देशमै पहिलो स्थान (नेपाल टप) र माधवनारायण नगरपालिका फुलवरिया गाउँका अर्का विद्यार्थी मधुसूदन प्रसाद साहले दोस्रो स्थान ल्याउन सफल भएका छन् ।

एमबिबिएस परीक्षामा प्रजापतिले १७८ र साहले १७५.५ अंक ल्याएका छन् । यसअघि गत एसइई परीक्षामा पनि दुर्गा भगवती गाउँपालिकाकी एक जना छात्रा अञ्जली कुमारी झाले ४ जिपिए अंक ल्याएर देशमै उत्कृष्ट बनेकी थिइन् ।

    सम्बन्धित समाचार...