
विभिन्न ठाउँमा आएको पहिरोका कारण अवरुद्ध कर्णाली राजमार्ग खुलेको छ । ५ दिन देखि अवरुद्ध राजमार्ग डोजर र एक्साभेटरको संख्या थपेर पहिरो पन्छाएपछि केहि समय अघि मात्र सञ्चालनमा आएको हो ।
दैलेख तर्फ ठुलो क्षती भएको दहिखोला, किट्टु भिर र गगने खोलामा ५ दिन सम्म लगातार डोजर लगाएर पहिरो पन्छाएपछि सडक खुलेको हो ।
राजमार्ग पाँच दिनदेखि अवरुद्ध हुँदा जुम्लादेखि स्याउ लिएर आएका एक सयभन्दा बढी ट्रक बाटोमै रोकिएका थिए । अहिले बाटो सञ्चालनमा आएपछि स्याउबोकेका ट्रकहरु गन्तव्यमा हिडेका छन् ।
राजमार्ग सञ्चालनमा आएपनि साना-साना पहिरो पन्छाउने काम अझै सकिएको छैन् ।