६ बैशाख २०८२, शनिबार

दीपक मनाङ्गे असन्तुष्ट, वनमन्त्रीबाट दिए राजीनामा

Deepak Manange

नेपालको राजनीतिमा विचित्रका परिदृश्य देखिनु नौलो कुरा होइन ।

सोमबार गण्डकी प्रदेशमा त्यस्तै गजबको परिदृश्य देखिएको छ । मन्त्रीमण्डल विस्तार पछि नैतिकताको कुरा उठाउँदै भौतिक योजना मन्त्री दिपक मनाङ्गेले राजीनामा दिए । त्यो भन्दा पनि मुख्य कुरा उनले सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमाले सहितका पार्टीहरुलाई ‘नैतिकताको पाठ’ पढाएका छन् ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङ्गेले सम्हाल्दै आएको भौतिक योजना मन्त्रालयको जिम्मेवारी एमालेका प्रकाश केसीलाई दिएर उनलाई वन मन्त्रालयको जिम्मेवारी दिए ।

प्रदेशमा अर्थ, आन्तरिक मन्त्रालयपछि भौतिक योजना मन्त्रालय सबैभन्दा आकर्षक मानिन्छन् । त्यहीकारण मनाङ्गेले आफूलाई भौतिक योजना मन्त्रालयबाट वन मन्त्रालयमा सरुवा गरेको थाहा पाउनासाथ राजीनामा दिने धम्की दिए, त्यो धम्कीले काम नगरेपछि ‘नैतिकताको कारण’ देखाउँदै राजीनामा दिए ।

मनाङ्गेले संचार माध्यमहरुलाई प्रतिकृया दिँदै आफूलाई खासै बजेट नभएको वन मन्त्रालयमा सरुवा गरेर अपमानित गरिएकोले नैतिकताको कारण राजीनामा दिएको उल्लेख गरेका छन् । ‘वनमा बजेट छैन। मन्त्रालय हामीले हेर्न पनि पाउँदैन। यो त केन्द्रले हेर्ने हो, हामीले हेर्ने भनेको तितेपातीको झ्याङ हो। झण्डा हल्लाएर हिँडेर काम छैन,’ उनले भने ।

मन्त्री हुँदासमेत अनेक तमासा देखाइरहेका गुण्डा नाइके रहेका मन्त्री मनाङ्गेले कांग्रेस र एमालेका नेताहरुलाई ‘नैतिकताको पाठ पढाउँदै’ राजीनामा दिनुले नेपाली राजनीतिको अवस्थालाई भने थप झर्लङ्ग पारेको छ । सबैभन्दा गज्जवको कुरा सत्ताको खेलमा मन्त्री मनाङ्गे कांग्रेस, एमाले, माओवादी, समाजवादी लगायतका सबै पार्टीका पृय पात्र हुन भन्ने कुरा उनी निर्विरोध निर्वाचित हुनु र जुन पार्टीको सरकार बने पनि सदावहार मन्त्री बनिरहनुले स्पष्ट पार्छ ।

    सम्बन्धित समाचार...