७ बैशाख २०८२, आईतवार

निर्मला पन्तको हत्या प्रकरणको अनुसन्धान अघि बढेको छ: गृहमन्त्री लेखक

MA CHADANIDODHARA IMG 20240905 080053 768x346 1

गृहमन्त्री रमेश लेखकले ६ वर्षअघि कञ्चनपुरको महेन्द्रनगरमा १३ वर्षीया बालिका निर्मला पन्तको जबरजस्ती करणीपछि हत्या भएको घटनाको सुक्ष्म ढंगले अनुसन्धान अघि बढाइएको बताउनुभएको छ ।

नेपाल प्रेस युनियनले कञ्चनपुरमा गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले २०७५ साल साउन १० गते पन्तको हत्या भएको घटनामा संलग्नको अझै पहिचान हुन नसकेको विषयलाई सरकारले गम्भीरतापूर्वक लिएको बताउनुभयो । उहाँले निर्मलाको न्यायिक आन्दोलनका क्रममा घाइते भएकाहरुका पक्षमा पनि सरकारले केही न केही निर्णय गर्ने आश्वासन दिनुभयो ।

कार्यक्रममा गृहमन्त्री लेखकले सबै दलको सहमतिमा संविधान संशोधनको कामलाई अघि बढाइने बताउनुभयो । संविधानमा संशोधन गर्नुपर्ने विषयका पहिचान गरेर सबै दलको सहमति जुटाइने उहाँको भनाइ थियो । उहाँले कांग्रेस र एमालेबीचको गठबन्धन आगामी निर्वाचनसम्मै कायम रहने र नेतृत्व परिवर्तनको सहमति पनि पालना हुने दाबी गर्नुभयो । गृहमन्त्री लेखकले संसदीय समितिले हेर्ने बाहेकका सहकारीका मुद्दामा कानुनअनुरुप सरकार अघि बढ्ने स्पष्ट पार्नुभयो ।

मन्त्री लेखकले कञ्चनपुरको दोधारा(चाँदनी सुक्खा बन्दरगाह, महाकाली कोरिडोर, दैजीछेला औद्योगिक क्षेत्र, हुलाकी सडक लगायतका आयोजनाको निर्माण तीव्र पार्ने प्रतिबद्धता जनाउनुभयो ।

    सम्बन्धित समाचार...