८ बैशाख २०८२, सोमबार

प्रचण्ड बंगलादेश बनाउँछु भनेर तर्साउँदैछन्: गोकुल बाँस्कोटा

gokul baskota

नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्ता गएपछि बर्बराउन थालेको टिप्पणी गरेका छन् । उनले अहिले प्रचण्डले बंगलादेश बनाउछु भनेर तेर्साउने काम गरेको पनि आरोप लगाएका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्ने क्रममा बाँस्कोटाले हिजोका कार्यकर्ताहरु प्रचण्डसँग नभएको पनि स्मरण गराएका छन् । उनले लेखेका छन्–

प्रचण्ड बंगलादेश बनाउछु भनेर तर्साउदै छन,पहिला स्वीट्जरल्याण्ड बनाउछु भन्थे।तासेलाई तासै चपाउन,जाडेलाई थाममा बाधेर भाटा र महिला हिंसा गर्नेलाई कोरा हान्थे।आज ती क्रान्तिकारी उनैसंग छैनन र कयौ त आफै जाडे,जुवाडे र महिला हिंसाका नमुना बनिसके।फगत सत्ता गएको बर्बराहट हो, उनको कर्कस ।

image 1