७ बैशाख २०८२, आईतवार

कर्मचारीको तलब २५ पैसा पनि बढाउन सकिने अवस्था छैन : प्रधानमन्त्री ओली

oli 1

प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल कर्मचारीको तलब वृद्धि गर्नसक्ने अवस्था नरहेको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा २१औं निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले कर्मचारीहरुका समस्यका बारेमा आफू जानकार रहेको भए पनि अहिलेको अर्थतन्त्रले कर्मचारीको तनाखा वृद्धि गर्न नसकिने बताउनु भयो ।

अर्थतन्त्रलाई अघि बढाउनसके मात्रै कर्मचारीको पारिश्रमीक र सुविधा बढाउन सकिने बताउने भयो । ‘कर्मचारीका समस्या आएका छन् । म त अलिकति पैसा भयो भने २५ प्रतिशत तनाखा वृद्धि गरिदिने मान्छे हुँ । पहिला त एकैचोटी वृद्धि गरिदिएको थिएँ,’ उहाँले भन्नुभयो, ‘अहिले त यस्तो स्थिति छ कि २५ प्रतिशत होइन, २५ पैसा पनि वृद्धि गर्नसक्ने स्थिति छैन ।’

कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले संस्कृति, सभ्यता, सामाजिक मूल्यहरुलाई कमजोर बनाउने काम भइरहेको पनि बताउनु भयो । नियोजित र प्रायोजित रुपमा सरकारको विरोध गर्नुलाई आफूले ‘केही नगरिकनको बहादुरी’का रुपमा लिने गरिएको बताउनु भयो ।