७ बैशाख २०८२, आईतवार

माओवादीलाई प्रधानमन्त्री ओलीको प्रश्नः ‘हिंसा महान थियो भने किन शान्ति प्रक्रियामा आएको ?’

Oli Prachanda 7.jpg
फाइल फोटो

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) लाई ‘हिंसा महान थियो भने किन शान्ति प्रक्रियामा आएको ?’ भनी प्रश्न गरेका छन् ।

शनिबार २१औं निजामती सेवा दिवसको अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो प्रश्न गरेका हुन् ।

उनले माओवादी सशस्त्र संघर्षलाई हिंसाको संज्ञा दिँदै भने, ‘हाम्रो देशमा हिंसा थियो, त्यसलाई व्यवस्थापन गर्नुपर्यो । केही मान्छेहरुले त्यसलाई महिमा मण्डण गरेको सुन्छु । त्यस्तो महान थियो भने किन छोडेको त त्यो बाटो । किन आउनुपर्यो शान्ति प्रक्रियामा ? त्यस्तो महान जनयुद्ध थियो भने त सफल पार्नुपर्थ्यो । जनयुद्ध हो भने त्यो फेल हुँदैन । जन आन्दोलन हो भने पनि त्यो फेल हुँदैन । जन भइसकेपछि त्यो फेल हुँदैन ।’