
बिहीबार अभियन्ताहरूसँग मिलेर न्यु योर्कका मेयरले फिफ्थ एभिन्यूमा ट्रम्प टावरको अगाडि सडकमा विशाल पहेँलो अक्षरमा “ब्ल्याक लाइभ म्याटर्” लेखे ।
कर्मचारीहरूले बिहीबार बिहान ट्रम्प मुख्यालय अगाडि फिफ्थ एभिन्यूको अगडै अक्षर बनाउन शुरू गरेका थिए जसमा न्युयोर्कका मेयर पनि सहभागी भए ।
यस महिनाको शुरूमा शहरका अधिकारीहरूले उक्त योजना घोषणा गरेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले योजना प्रती असन्तुष्टी जनाएका थिए।
२५ मे मा मिनियापोलिस शहरमा पुलिस हिरासतमा जर्ज फ्लोयडको निधन भएपछी “ब्ल्याक लाइभ म्याटर्” आन्दोलानले उग्र रुप लिएको थियो । उक्त आन्दोलन अमेरिकाबाट फैलदै युरोप र अस्ट्रेलिया सम्म पनि पुगेको थियो ।