९ बैशाख २०८२, मंगलवार

धादिङमा पहिरोसँगै आएको लेदोले त्रिभुवन राजपथ अवरुद्ध

thumb

धादिङको धुनिबेँसीको सिस्नेखोलामा पहिरोसँगै आएको लेदोका कारण त्रिभुवन राजपथ अवरुद्ध बनेको छ । लगातारको वर्षासँगै आएको पहिरोको कारण सडक अवरुद्ध भएपछि राजधानी भित्रिने र राजधानीबाट बाहिरिने सवारीसाधन रोकिएका छन् ।

सुरुङमार्गको प्रवेशद्धार अगाडिपट्टि पहिरो खसेको हो । पहिरो ठूलो भएका कारण पन्छाउन समय लाग्ने प्रहरीले बताएको छ । पहिरोसँगै आएको लेदोमा केही गाडिहरु समेत फँसेको जनाइएको छ ।

काठमाडौं प्रवेशद्धार छेवैमा सडक अवरुद्ध हुँदा संघीय राजधानी प्रदेश गर्ने र बाहिरने यात्रु अलपत्र परेका छन् । पहिरो पन्छाउन समय लाग्ने भएकोले काठमाडौं प्रवेश गर्ने साना सवारी धार्के-सितापाइला सडकको प्रयोग गर्न सक्ने छन् ।

    सम्बन्धित समाचार...