७ बैशाख २०८२, आईतवार

मौलापुर- ९ का वडा अध्यक्षमाथि यौन शोषणको आरोप, राजीनामाको माग गर्दै प्रदर्शन

wada.jpg 2

रौतहटको मौलापुर नगरपालिका -९ का वडा अध्यक्ष श्याम किशोर शाह माथि यौन शोषणको आरोपमा स्थानीयले राजीनामाको माग गर्दै प्रदर्शन गरेका छन् ।

मौलापुर ९ सोनरनियाका गाउँलेहरूले विवाहित महिलालाई यौन शोषण गर्ने वडा अध्यक्षलाई शाहलाई कार्यवाहीको माग गर्दै शुक्रबार विरोध प्रदर्शन गरेका हुन् ।

स्थानीय एक जना विवाहित दलित महिलालाई विभिन्न प्रलोभन देखाइ पटक पटक यौन शोषण गरेको आरोप लगाउँदै गाउँलेहरूले शुक्रबार अपराह्न वडा कार्यालयको अध्यक्ष बस्ने कोठामा तालाबन्दी गरेका छन् ।

तालाबन्दी गर्नुअघि गाउँलेहरूले ब्यानर र प्लेकार्डसहित विभिन्न नारा लगाउँदै सोनरनिया गाउँ परिक्रमा गरेका थिए ।

केही दिन अघि गाउँकै दलित महिलाले वडा अध्यक्ष शाहमाथि यौन शोषण गरेको आरोप लगाएकी थिइन । विवाह गर्ने आश्वासन दिएर वडा अध्यक्ष साहले विगत केही वर्षदेखि यौन शोषण गरेको र अहिले विवाह गर्न न मान्दा आफू ठूलो समस्यामा परेको आरोप लगाएकी थिइन् ।

वडा अध्यक्ष शाहमाथि महिलाले लगाएको आरोप सामाजिक सञ्जालमा भाइरल भएपछि मौलापुर नगरपालिकाले घटना बारे सत्य तथ्य बुझ्न गत ७ गते उपमेयर नागेन्द्र यादवको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

समितिले १५ दिन भित्रमा छानबिन गरी प्रतिवेदन सार्वजनिक गर्ने जनाएको थियो । तर मौलापुर नगरपालिकाले हालसम्म प्रतिवेदन सार्वजनिक न गर्दा वडा अध्यक्ष जो ढाकछोप भइरहेको भनेर स्थानीयले विरोध जनाएका छन् ।

नगरपालिकाले प्रतिवेदन सार्वजनिक गरी दोषी वडा अध्यक्ष श्याम किशोर साहलाई कार्यवाही नगरेसम्म उनको कार्यकक्षमा लगाएको ताला नखोल्ने स्थानीयहरूले चेतावनी दिएका छन् ।

    सम्बन्धित समाचार...