८ बैशाख २०८२, सोमबार

कहिल्यै नमर्ने राजनीतिज्ञ बन्ने संकल्प लिएको छुः अध्यक्ष दाहाल

prac
फाइल फोटो

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले असल राजनीतिज्ञले मरेपछि पनि सयौं वर्षसम्म जनताको सेवा गरिरहने बताएका छन् ।

शनिबार मोरङको ग्रामथान गाउँपालिकामा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले उनले आफूले पनि मरेर पनि कहिल्यै नमर्ने राजनीतिज्ञ बन्ने संकल्पको साथ काम गरिरहेको बताए ।

साथै, अध्यक्ष दाहालले अहिले आफ्नो जीवनको उत्तरार्धमा पुगेको भए पनि अझै जोशका साथ काम गरिरहेको बताए।

उनले दौडधुप गर्न जोस आइरहेको बताउँदै भ्रष्टाचारको विरुद्ध, सुशासनको पक्षमा र नेपाली जनताको आर्थिक विकासका लागि जीवनभर लड्ने प्रतिबद्धता व्यक्त गरे।

उनले भने, ‘मलाई जोस आएकै छ । भ्रष्टाचारको विरुद्ध र सुशासनको पक्षमा, नेपाली जनताको आर्थिक विकासको पक्षमा जीवनको अन्त्यसम्म लडिराख्ने कसम मैले खाएको छु । मलाई अरु केही गर्नुपर्ने छैन भनिन्छ एउटा असल राजनीतिज्ञ बाँचिन्जे बाँचेर जनताको सेवाको निमित्त समर्पित रहन्छ, मरेपछि पनि आफ्नो कर्मले सयौं वर्ष जनताको सेवा गरिराख्छ । राजनीतिज्ञ कहिल्यै मर्दैन । कहिल्यै नमर्ने राजनीतिज्ञ बन्ने संकल्प मैले लिएको छु ।’