
काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले जिरोनामाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले जिरोनालाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनाको जितमा लामिन यमलले २ गोल गरेका थिए । त्यस्तै डानी ओल्मो र पेड्रीले एक एक गोल गरेका थिए । त्यसैगरी जिरोनाका लागि क्रिस्टियन स्टुआनीले एक गोल गरेका थिए ।
यस खेलमा खेलको ८६औँ मिनेटमा फेरान टोरेजले रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा सिमित भएको थियो ।
यो जितपछि बार्सिलोनाले ला लिगामा लगातार पाँचौं जित हासिल गरेको छ । बार्सिलोनाको ५ खेलमा १५ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ । त्यसैगरी जिरोनाको ५ खेलमा ७ अंक रहेको छ र सातौं स्थानमा छ ।
भलेन्सियामाथि एटलेटिको म्याड्रिडको सहज जित
स्पेनिस ला लिगा अन्तर्गत एटलेटिको म्याड्रिडले भलेन्सियालाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा एटलेटिको म्याड्रिडले भलेन्सियालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
एटलेटिको म्याड्रिडको जितमा कोनोर गल्लाघेर, एन्टोनी ग्रीजम्यान र जुलियन अल्भारेजले एक एक गोल गरेका थिए ।
यस सिजनमा एटलेटिको म्याड्रिडको यो तेस्रो जित हो । ५ खेलमा ११ अंक हासिल गरेको एटलेटिको म्याड्रिड लिगमा दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै भलेन्सियाले भने यस सिजनमा चौथो हार बेहोरेर पुछारमा रहेको छ ।