८ बैशाख २०८२, सोमबार

मलाई दुई तिहाइले लखेट्यो- रवि लामिछाने

rabi 1

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू अनुसन्धानमा सघाउन तयार रहेको बताउनु भएको छ । पार्टी केन्द्रीय कार्यालय वनस्थलीबाट नेता कार्यकर्तालाई सम्बोधन गर्दै सभापति लामिछानेले अनुसन्धानका लागि आफू जहाँ जान पनि तयार रहेको बताउनु भएको हो ।

‘मलाई कसैको अनुकम्पा चाहिँदैन, तर अन्याय गर्न पाइँदैन कसैको राजनीतिक बचाइदिन मैले प्रतिशोधको सामना गर्नुपर्ने ?’ उहाँले भन्नुभयो ।

उहाँले आफुले छानबिन समितिमा आफ्नो कुरा राखिसकेको र छानबिन प्रतिवेदनले आफ्नो संलग्नता छैन भनेर स्पष्ट परेको दोहोर्‍याउनु भयो । उहाँले आफूमाथि पक्राउ पुर्जी जारी गरेको छैन भनिए पनि विश्वस्त हुन नसकिएको कार्यकर्तालाई बताउनु भयो ।

उहाँले सहकारीपीडित संघर्ष समितिको नेतृत्व गर्न आफू तयार रहेको भन्दै वर्षौंदेखि मलाई घेराबन्दी गर्नुपर्ने कारण के हो ? भन्दै प्रश्न समेत गर्नुभयो । कार्यकर्तालाई सम्बोधन गरेपछि लामिछाने पार्टी कार्यालयबाट निस्कनु भएको छ भने रास्वपाका कार्यकर्ताले सरकारविरुद्ध ताराबाजी गरिरहेका छन् ।

प्रहरीले आज सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिले कारबाही सिफारिस गरेका गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन सञ्चालक पूर्वडीआइजी छविलाल जोशीलाई पक्राउ गरेर पोखरा पुर्‍याइसकेको छ ।