
जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट ८ जना थुनुवा फरार भएका छन् ।
आइतबार राति भेन्टिलेसन फोडेर ८ जना थुनुवा फरार भएको प्रहरी स्रोतले जनाएको छ ।
सोमबार बिहान करिब साढे ३ बजेको समयमा थुनुवा कक्षको भेन्टिलेसन काटेर ८ जना कैदी भागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रञ्जन अवाले जानकारी दिनुभयो ।
फरार मध्येका एक जना भागेको केही बेरमै जनक चोकबाट पक्राउ परेको र ८ जनाको अझै खोजी कार्य जारी रहेको डीएसपी अवाको भनाइ छ ।
‘उनीहरु १० जना एउटा कोठामा थिए तीमध्ये एकजना मात्रै भाग्न मानेनन बाँकी सबै भेन्टिलेशन फोडेर त्यहीँबाट निस्केर भागे । सेन्ट्री पनि बाहिर खटिएका थिए तर कसरी थाहा पाएनन अनुसन्धान हुँदैछ । हामी अहिले उनीहरुलाई खोज्नमा खटिएका छौँ त्यहीँ भएर धेरै कुरा बुझ्न पाएका छैनौ,’ डिएसपी अवाले भने ।