७ बैशाख २०८२, आईतवार

‘ज्वाइँ साब’को मर्मस्पर्शी क्लाइमेक्स दृश्य बाहिरियो

jwai saab airport

यही असोज २४ गते फूलपातीको दिन रिलिज हुने बहुप्रतीक्षित नेपाली फिल्म ‘ज्वाइँ साब’ अहिले चर्चा र चासोको केन्द्रमा छ। फिल्मका पोस्टर, टिजर र गीत ‘कसम बत्तीको’ सार्वजनिक भएसँगै यसले दर्शकको ध्यान तान्न सफल भएको छ। यतिबेला फिल्मको एक महत्वपूर्ण क्लाइमेक्स दृश्य सार्वजनिक भएको छ, जसले थप कौतुहलता जगाएको छ।

सार्वजनिक दृश्य त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छायाङ्कन गरिएको हो। जहाँ फिल्मका प्रमुख कलाकार जितु नेपाल सेतो बरखी पहिरनमा, हातमा बच्चा बोकेर र निलो ब्यागसहित देखिएका छन्। उनीसँगै पासपोर्ट पनि रहेको दृश्यमा समेटिएको छ। यस दृश्यले दर्शकलाई भावुक बनाउने सम्भावना देखिन्छ। दृश्यमा उनको पछाडि नायिका निती शाह नेपाली झण्डा र खादा बोकेर भावुक मुद्रामा उभिएकी छिन्। दृश्यमा जितुलाई बिदाइ गरेर नितीले टाढिँदै गरेकोहो कि भन्ने बुझ्न सकिन्छ, जसले विमानस्थलमा आफन्तलाई बिदाइ गर्दा उत्पन्न हुने भावना प्रतिनिधित्व गरेको छ।

दृश्यबाट अनुमान गर्न सकिन्छ कि जितु नेपाल आफ्नो परिवार र देश छोडेर वैदेशिक रोजगारीको लागि विदेश जाँदैछन्। तर, उनले के कारणले नेपाल छोड्नुपर्‍यो भन्ने कुरा भने फिल्म रिलिज भएपछि मात्रै थाहा हुनेछ। दर्शकले यो गहिरो र मर्मस्पर्शी क्षणको पूरा सन्दर्भ बुझ्नका लागि फूलपातीको दिनको प्रतिक्षा गर्नुपर्ने छ।

फिल्मका प्रस्तुतकर्ता राजकुमार पण्डित रहेका छन् भने फिल्ममा हिमेश पन्त, बुद्धि तामाङ, प्रकाश घिमिरे, रमेश बुढाथोकी, शिशिर वाङ्देल, र दीपक आचार्य ‘काकुलगायतका कलाकारहरूको उत्कृष्ट अभिनय रहेको छ।

‘ज्वाइँ साब’ फिल्मले समाजको यथार्थपरक कथा प्रस्तुत गर्दै नेपाली दर्शकहरूलाई भावनात्मक रूपमा जोड्न सफल हुने अपेक्षा गरिएको छ।

    सम्बन्धित समाचार...