
भी नटराज र नगेन्द्र पम्पाटी संचालक रहेका भरतपुरको पुरानो मेडिकल कलेजका ४ जना डाक्टरहरु पक्राउ परेका छन । उनिहरुलाई अवैध रूपमा मिर्गौला प्रत्यारोपण गरेको आरोप छ ।
कलेजमा एक वर्षअगाडि ललितपुरका एक व्यक्तिको मिर्गौला प्रत्यारोपण गरिएको थियो जसमा भान्जा नाता प्रमाणित गरेर ल्याइएका एक युवकले उनलाई मिर्गौला दिएका थिए ।
डाक्टरहरुसंगै जिल्ला प्रशासन कार्यलय चितवनका एक अधिकारी र अधिवक्ता रमेश काफ्ले पनि पक्राउ परेका छन् । मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई लामो समयको अनुसन्धापछि पक्राउ गरिएको जनाइएको छ ।
पक्राउ पर्नेमा अस्पतालका डा. सुभात श्रेष्ठ जो कलेजमा सीईओ र मेडिकल काउन्सिलका सदस्य रहेका छन । उनका साथसाथै मृगौला रोग विभागका प्रमुख प्रा. डा.राकेश वर्मा, प्रा. डा. बालकृष्ण कालाखेती, डा. किरण अधिकारी र डा. सुप्रभात श्रेष्ठ रहेका छन् ।
थप विवरण भोली पत्रकार सम्मेलनबाट गराइने ब्युरोले बताएको छ।