७ बैशाख २०८२, आईतवार

अविरल वर्षा अपडेटः देशभरका ४४ वटा राजमार्ग पूर्ण रुपमा अवरोध (सूचीसहित)

FB IMG 1727531921407

बिहीबारदेखि सुरु भएको अविरल वर्षका कारण देशभरका ४४ वटा मुख्य राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । प्रहरीका अनुसार कूल ५१ वटा राजमार्गमा पहिरो गएर अवरुद्ध भएको भएपनि ५ वटा सूचारु भइसहेका छन् । त्यस्तै, २ वटा सडक एकतर्फी सुचारु भएका छन् ।

धनकुटाको साँगुरीगढी नगरपालिका– ५ पहिरे भन्ने ठाउँमा पहिरो जाँदा रवि राँके भेडेटार खण्ड पूर्ण रुपमा अवरुद्ध भनेको थियो । अहिले उक्त सडक खण्ड पूर्ण रुपमा सुचारु भएको छ ।
त्यस्तै, सिन्धुलीको सुनकोशी गाउँपालिका–२ कमेरेफाँटमा पहिरो जाँदा अवरुद्ध भएको सडक, अर्घाखाँचीको सन्धीखर्क–६ दहखोलास्थित पहिरो जाँदा अवरुद्ध बनेको गोरुसिंगे हाईवे सडक खण्ड, कपिलवस्तुको शिवराज–५ भाइरल डाँडानजिकै पहिरो जाँदा अवरुद्ध बनेको पूर्वपश्चिम राजमार्ग र बझाङको छबिसपाथिभेरा गाउँपालिकास्थित पहिरो जाँदा अवरुद्ध बनेको जय पृथ्वी राजमार्ग सुचारु भएको छ ।

त्यस्तै, पाल्पाको बगनासकालि गाउँपालिकास्थिति रायडाँडामा पहिरो जाँदा अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग र नवलपूर (बर्दाघाट सुस्ता पूर्व) को बौदीकाली गाउँपालिका–१ जन्तीपहिरोस्थित पहिरो जाँदा अवरुद्ध बनेको कालिगण्डकी करिडोर सुचारु भएको छ । स्रोतः नेपाल प्रहरी

यी हुन् पहिरोका कारण अवरुद्ध राजमार्गहरु

image 4
image 5