८ बैशाख २०८२, सोमबार

वर्षकै सुपरहिट सिनेमा ‘जारी’ युट्युबमा, भ्युजको बाढी

jaari movie

उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘जारी’ इन्टरनेट रिलिज भएको छ । गतवर्ष बैशाख १ गते हलमा रिलिज भएको यो फिल्म निर्माता कम्पनी बाँसुरी फिल्म्सको युट्युव च्यानलबाट सार्वजनिक भएको हो ।

व्यवसायिक र समीक्षात्मक रुपमा सफल फिल्मले घरेलु बक्सअफिसमा १६ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको चलचित्र विकास बोर्डको विवरणमा उल्लेख छ । रामबाबु गुरुङले निर्माण गरेको फिल्ममा दयाहाङ राई, मिरुना मगर, प्रेम सुब्बा, विजय बराल, रोयदीप श्रेष्ठको मुख्य भूमिका छ ।

दशैंको अवसरमा पारेर बाँसुरी फिल्म्सको युट्युव च्यानलबाट हिजो साँझ ५ बजे युट्युवमा अपलोड गरिएको हो । हलमा जस्तै युट्युबमा पनि चलचित्र रुचाइने देखिएको छ ।

यो समाचार लेख्दासम्म चलचित्रले १४ लाख ६४ हजार पाँच सय भन्दा बढी भ्यूज प्राप्त गरिसकेको छ । करिब ४ हजार पाँच सय भन्दा बढीले प्रतिक्रिया दिएका छन् ।

यो त्यही चलचित्र हो जसको रिलिजपछि यसका दुई प्रमुख निर्माताहरु उपेन्द्र सुब्बा र रामबाबु गुरुङबीच फाटो आयो । यो चलचित्रपछि रामबाबु र उपेन्द्रको बाटो अलग भयो । रामबाबुले ‘डिग्री माइला’ बनाए भने उपेन्द्रले मनसरा । दुवै चलचित्रले उल्लेख्य व्यापारिक सफलता पाउन सकेनन् ।

    सम्बन्धित समाचार...