
नेपालमा आज (आइतबार) ३९१६ पिसिआर टेस्ट भएकोमा थप ८२ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १६ हजार ८०१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १४७ जना र आज सम्म ८,५८९ संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।
काठमाडौंमा ५ संक्रमित थपिएका छन भने ललितपुरमा थप एक संक्रमित भेटिएका छन् । प्रदेश अनुसार पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा सबैभन्दा धेरै २१ जना संक्रमित भेटिएका छन भने गण्डकीमा १५ र बाग्मतीमा १४ जना रहेका छन ।
टोखामा चार संक्रमित भेटिए
टोखा नगरपालिकाको हरियाली बस्तीका तीन स्थानीयसहित चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित मध्ये तीन जना हरियाली बस्तीकै स्थानीय हुन् भने एक जना कैलालीबाट आएर क्वारेन्टाइनमा बसेका ब्यक्ति हुन्।